मुक्त कमैया पुनर्स्थापन तथा वृत्ति विकास सम्बन्धी कार्यक्रम
पुस्तौंदेखि दासत्व जीवन बिताईरहेका कमैयाहरुलाई दासत्वबाट मुक्ति दिलाई तिनीहरुको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन २०५२ सालदेखि कमैया उत्थानका कार्यक्रमहरु सरकारले सञ्चालन गर्दै आएको हो ।
२०५७ साल श्रावण २ गतेको मुक्ति घोषणा पश्चात सरकारले मुक्त कमैया परिवारहरुको व्यवस्थित बसोवासको व्यवस्था मिलाई तिनीहरुको आर्थिक, सामाजिक सुधार ल्याउन मुक्त कमैया पुनर्स्थापन तथा वृत्ति विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
मुक्त कमैयाका प्रति परिवारलाई ५ कठ्ठासम्म जग्गा, घर निर्माणार्थ १० हजार रुपैया र ३५ क्यू.फिट काठ उपलब्ध गराउने सरकारी निर्ण्र्ााभएको छ ।