मुक्त कमैया तथा हलियाको पुनस्थार्पन एवं वृति विकासको समाधानकालागि आवश्यक नीति नियमको तर्जुमा गर्ने र सो को लागि सञ्चालन गरिने कार्यक्रमहरु तर्जुमा गर्ने र उक्त कार्यक्रमहरु कार्यान्वयन गर्ने गराउने ।
सुकुम्वासी तथा अव्यवस्थित बसोवासी लगायतको समस्या समाधानका लागि दीगो नीति तर्जुमा गर्नुका साथै आवश्यक र सम्बन्धित कार्यक्रमहरु समेत संचालन गर्ने ।
जिल्लास्तरमा सञ्चालित कार्यक्रमहरुको आवश्यकतानुसार अनुगमन गरी आवश्यक निर्देशन दिने एवं समन्वय गर्ने ।
अन्तर्राष्ट्रिय गैर सरकारी सघं संस्था तथा दातृ निकायसगँ समन्वय गरी मुक्त कमैया/हलिया लगायत भूमिहिन जनताको पुनस्थापना तथा वृति विकासका कार्यक्रमहरु संचालन गर्न पहल गर्ने ।
शाखाबाट सञ्चालन हुने काम कारवाहीको सम्बन्धमा आवश्यकतानुसार सम्बन्धित मन्त्रालय,विभाग वा कार्यालयहरुमा पत्र लेख्नेक तथा ताकेता गर्ने ।
मुक्त कमैया तथा हलियाको पुनर्स्थापन एवं सुकुम्वासी समस्या समाधान सम्बन्धी विषयमा सम्बन्धित निकायमा आवश्यकतानुसार पत्राचार गर्ने र मन्त्रालयमा प्रस्तुत हुन आउने विषयमा आवश्यक कारवाही गर्ने ।
मुक्त कमैया, हलिया लगायत भूमिहिन सम्बन्धी योजना कार्यक्रम तथा वजेटको तर्जुमा तथा कार्यान्वयन गर्ने ।
नेपाल सरकार (मन्त्रिपरिषद) मा निर्णयानुसार प्रस्तुत गरिने विषयमा प्रस्तावको मस्यौदा तयार गरी पेश गर्ने ।
यस शाखालाई तोकिएका र निर्दिष्ट गरिएका अन्य कार्यहरु गर्ने ।