जग्गा जमीनको व्यवस्थापन सम्वन्धी नीति तर्जुमा गर्ने ।
नेपाल सरकारबाट निर्णय भएका जग्गा जमिनसँग सम्वन्धित नीतिगत व्यवस्थाहरूको कार्यान्वयन गर्ने गराउने ।
सरकारी तथा र्सार्वजनिक जग्गाको संरक्षण सम्वन्धी आवश्यक नीति निर्माण गरी कार्यान्वयन तथा अनुगमन गर्ने ।
जग्गाधनी एवं मोहीवीच द्वैध स्वामित्व अन्त्य गराउने तर्फकाम कारवाही गर्ने गराउने ।
जग्गाको हदवन्दी सम्वन्धी मुद्दा मामिला फछ्र्यौट गर्न आवश्यक व्यवस्था मिलाउने ।
सरकारी जग्गाको भोगाधिकार सम्वन्धी नीति निर्माण गरी स्वीकृत नीति वमोजिम भोगाधिकार उपलव्ध गराउने, सो को अभिलेख राख्ने र उद्देश्य वमोजिम कामकाज भए नभएको वारेमा अनुगमन गर्ने व्यवस्था मिलाउने ।
तल्लो निकायबाट निर्देशन माग भै आएका जग्गा जमीनसँग सम्वन्धित समस्याहरूको वारेमा समाधानका लागि आवश्यक नीतिगत व्यवस्था गरी निर्णय कार्यान्वयन गर्ने गराउने ।
जग्गा जमिनसँग सम्वन्धित विषयमा पर्न आएका निवेदनहरूका सम्वन्धमा प्रचलित कानून बमोजिम अवश्यक कारवाही गर्ने गराउने ।
मन्त्रालयबाट जारी भएका नीति निर्देशन बमोजिम विभाग र मातहत कार्यालयहरूबाट कामकारवाही भए गरेको छ छैन हेरी आवश्यक निर्देशन दिने ।
रजिष्ट्रेशन दस्तुर छुट सम्वन्धमा आवश्यक कारवाही गर्ने गराउने । शाखासँग सम्वन्धित अभिलेखहरूलाई अध्यावधिक गरी राख्ने ।
जग्गा प्रशासन र गुठी जग्गासँग सम्वन्धित ऐन, नियममा समायानुकुल सुधार गर्न आवश्यक सहयोग पुर्याउने ।
छुट एवं विर्ता जग्गा दर्ताको म्याद थप एवं भोगाधिकार सम्बन्धी विषयमा विभागीय स्वीकृति बमोजिम प्रस्ताव तयार गरी स्वीकृतिकालागि मन्त्रिपरिषदमा पठाउने र निर्णय भै आए वमोजिम कार्यान्वयन गर्ने/ गराउने ।
गुठीको सम्पत्ति संरक्षण,सम्वर्धन एवं विकास र अक्षयकोषको समुचित परिचालनका लागि र गुठी संस्थानलाई समय सापेक्ष सुदृढ,सक्षम एवं चुस्त दुरुस्त वनाउन आवश्यक नीति एवं कार्यक्रमको तर्जुमा गर्ने ।
गुठी संस्थानको भौतिक एवं मानवीय स्रोत परिचालन नीति तय गर्न मद्दत गर्ने ।
गुठी सम्बन्धमा पर्न आएका निवेदनहरुको कार्यन्वयनकालागि गुठी संस्थानमा लेखि पठाउने ।
गुठी सम्बन्धी प्रचलित कानून एवं नीति अनुरुप गुठी र अन्तर्गत निकायको निरीक्षण अवलोकन गर्ने र तत् सम्बन्धमा पर्न आएका र निर्देशन माँग भै आएका समस्याहरुको समाधानकालागि प्रचलित कानून बमोजिम समाधान गर्ने गराउने ।
शाखासंग सम्वन्धित अभिलेखहरु अद्यावधिक गरि राख्नेए ।
यस शाखासँग सम्बन्धित अन्य निर्देशित कार्यहरू गर्ने ।