Today's Date: Wednesday Jun 19, 2013
Government of Nepal Ministry of Land Reforms and Management
Government of Nepal
blank
blank
 

Recent Updates

Notices & Press Release

_______________________________

_______________________________

This Site Has been Visited
HTML Hit Counter
Times

 

 

 

   

 

Financial Administration Section

आर्थिक प्रशासन शाखा

    यस शाखाबाट सम्पादन हुने मूख्य मूख्य कार्यहरू :

  • मन्त्रालयको वाषिर्क कार्यक्रम अनुसार प्रत्येक आर्थिक वर्षो चालु र पूजिंगत तर्फको अनुमानित वजेट तयार गर्ने प्रारम्भिक कार्यहरू गरी स्वीकृतिको लागि पेश गर्ने र वजेट अनुमान गर्दा योजना अनुगमन तथा मूल्याङ्कन शाखालाई सघाउ पुर्‍याउने ।
  • मन्त्रालय अन्तर्गत विभाग तथा कार्यालयहरुलाई आर्थिक ऐन नियमको आधारमा आवश्यकतानुसार राय सल्लाह दिने ।
  • स्वीकृत विनियोजित वजेट अन्तर्गत मन्त्रालयको लागि आवश्यक खर्चको विवरण स्वीकृतिको लागि पेश गर्ने र स्वीकृत भए बमोजिम खर्च गर्ने ।
  • स्वीकृत विनियोजित वजेट अन्तर्गत जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रकम निकासा प्राप्त गर्नुपर्ने सम्बन्धी सवै कारवाही गर्ने ।
  • मन्त्रालय र अन्तर्गत विभागहरुकोलागि आवश्यकतानुसार थप निकासा कार्यवाहीको आवश्यक व्यवस्था मिलाउने साथै आवश्यकतानुसार कार्यक्रम संशोधन भइसकेपछि रकमान्तरको कारवाही गर्ने ।
  • ऐन नियमानुसार तोकिएको श्रेस्ताहरु अद्यावधिक राख्नेर,राख्नय लगाउने र नियमानुसार खाता सञ्चालन गर्ने/गराउने ।
  • अन्तर्गत विभाग तथा कार्यालयहरुको आर्थिक कारोवार सुपरिवेक्षण गर्ने ।
  • विकास निर्माण सम्बन्धी खर्चका तथ्यांकहरु अद्यावधिक राख्नेष व्यवस्था गर्ने/गराउने ।
  • आर्थिक वर्ष व्यतित भएपछि मन्त्रालय अन्तर्गत विभाग कार्यालयहरुको चालु तथा पूजिंगत तर्फको वजेट मौज्दात सर्वसंचित कोषमा दाखिला गराउने ।
  • मन्त्रालयको राजश्वा,श्रेस्ता सुव्यस्थित रुपले राख्नेक व्यवस्था गर्ने,गराउने तथा धरौटी र उज्राती श्रेस्ता फछयौंट गर्ने/गराउने ।
  • निर्माण कार्यहरु वा ठेक्का पट्टाबाट निर्माण र सामान खरीद कार्य भएकोमा प्रचलित आर्थिक ऐन नियमको अधिनमा रहेर भुक्तानि दिने,दिलाउने व्यवस्था गर्ने ।
  • नियम बमोजिम विभिन्न वजेट अन्तर्गत भएका खर्चहरुको भुक्तानी दिन वा आर्थिक सहायताहरु प्रदान गर्ने ।
  • तलवबाट कट्टा भएको कर्मचारी संचयकोष, सावधिक जीवन विमा,नागरिक लागानीकोष, सामाजिक सुरक्षा कर र सापटी कट्टी रकम सम्बन्धित कार्यालयमा दाखिला गर्ने/गराउने ।
  • नियमानुसार पारिश्रमिक कर कटट्टा गरी आन्तरिक राजश्वु कार्यालयले तोकेको खातामा जम्मा गरी सोको सूचना आन्तरिक राजश्व् कार्यालयलाई दिने ।
  • कर्मचारीलाई नियमानुसार तलव,भत्ता,उपदान लुगा भत्ता औषधि उपचार खर्च उपलब्ध गराउने ।
  • मन्त्रालयको वाषिर्क कार्यक्रम अनुसार प्रत्येक आर्थिक वर्षो चालु र पूजिंगत तर्फको अनुमानित वजेट तयार गर्ने प्रारम्भिक कार्यहरू गरी स्वीकृतिको लागि पेश गर्ने र वजेट अनुमान गर्दा योजना अनुगमन तथा मूल्याङ्कन शाखालाई सघाउ पुर्‍याउने ।
  • आर्थिक प्रशासन सम्बन्धी ऐन नियम आदेश तथा परिपत्रहरु सवै कर्मचारीहरुलाई जानकारी गराउने र लेखा तर्फ रेखदेख नियन्त्रण सुपरिवेक्षण गर्ने/गराउने ।
  • मन्त्रालयमा तयार भएको श्रेस्ताको आन्तरिक तथा अन्तिम लेखा परिक्षण गराउने ।
  • आन्तरिक तथा अन्तिम लेखा परिक्षणबाट देखाइएका बेरुजुको लगत खडा गर्ने र तदारुकताका साथ फर्छयौट गर्ने/गराउने ।
  • विनियोजित वजेटको निकासा, खर्च र बाँकी तथा निकासाको श्रोत समेत देखिने गरी प्रत्येक शिर्षकको छुट्टा छुट्टै आ.वि. वनाई सम्बन्धित तालुक कार्यालयहरुमा पठाउने ।
  • शाखाको भौतिक साधनहरुको स्याहार सम्भार एवं मर्मत तथा संरक्षण गर्ने व्यवस्था मिलाउने ।
  • आर्थिक प्रशासन सम्बन्धी तोकिएको अन्य कार्यहरु गर्ने ।


 

 

 
Copyright © Ministry of Land Reform and Management. All Rights Reserved.

Website Last Updated on : 2013-04-23
blank